
पूर्णपुष्टि, जेठ २१ गते ।
उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेत आफ्नो भाकल पुर गर्नका लागि खोटाङका शक्तिपीठहरुमा मपुगेका छन् । नगरको मेयर हुन पाउँ भनि शक्तिपीठहरुमा गरेको भाकल पुरा गर्न बस्नेत खोटाङका विभिन्न स्थानहरुमा पुगेका हुन् ।
बस्नेतको आफनो पुख्यौली थलो सापातेल लगाएतका स्थानमा पुगेर भाकल बुझाउने पारिवारिक श्रोतले जनाएको छ । विहीबार निजी सवारी साधनमा गाईघाटबाट हिडेका बस्नेतले कटारी, घुर्मी हुदै हलेसी महादेवको दर्शन, दिक्तेल रुपाकोट मझुवागढी स्थित कालिका भगवतीको दर्शन गरिसकेका छन ।
विजयी हुने वित्तिकै खप्तरी बस्नेतको कुल मन्दिरमा पुगेका मेयर बस्नेत सोमबार सम्म नगरपालिका फर्कने बुझिएको छ ।
