
पूर्णपुष्टि, जेठ १८ गते ।
उदयुरको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेतले आज बुधवार शपथ ग्रहण गरेका छन् । २०७९ साल वैशाख ३० गतेको स्थानीय तहको निर्वानमा काँग्रसबाट मेयर पदमा अत्याधीक मत ल्याएर विजयी भएका बस्नेतले कर्मचारी मिल केन्द्र बोक्सेमा शपथ ग्रहण गरेका हुन् । उदयपुर जिल्ला अदालतका मुख्य न्यायधिस उत्तम सिलुवालले त्रियुगाका मेयर बस्नेतलाई शपथ ग्रहण गराएको होे ।
मुख्य निर्वाचन अधिकृत कार्यालयको आयोजनामा शपथ ग्रहण कार्यक्रमसँगै नवनिर्वाचित जनप्रतिधिहरुलाई प्रमाण पत्र वितरण गरेको छ । नगरका मेयर उप–मेयर,पालिका अध्यक्ष तथा वडाका अध्यक्ष र सदस्यहरु सबैलाई प्रमाण पत्र वितरण गरिएको हो ।

