
पूर्णपुष्टि, जेष्ठ ४ ।
त्रियुगा नगरपालिकाका ११ वटा वडाका महिला दिदिबहिनी हरुलाई कृषि र पशु सम्बन्धी हेफर आधारशिल तालिम दिईरहेको छ । त्रियुगा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा प्राविधिक सहयोग र बिकास सहजीकरण संजालको उदयपुरको आयोजनामा उक्त तालिम संञ्चालन भैरहेको छ । सो कार्यक्रम त्रियुगा नगरपालिकाको ११ ओटा वडाहरुमा संञ्चालन हुने जनाईएको छ ।
संञ्जालका अध्यक्ष चन्द्रमणी गँुरागाईले त्रियुगा नगरभित्र रहेको महिलाहरुलाई आर्थिक क्षेत्रमा सक्षम बनाउन र त्रियुगा नगरलाई समृद्ध बनाउन यो कार्यक्रम संञ्चालन गरिएको जनाए । अध्यक्ष गुँरागाईका अनुसार यस कार्यक्रमले मुख्यतया तिन ओटा थिममा रहेर काम गर्ने जनाए । त्रियुगा नगरपालिका भित्र कसरी आर्थिक क्षेत्रलाई अगाडी लैजाने भन्न सन्दर्भमा यस कार्यक्रमलाई जोडेको गुँरागाईको भनाई छ । संस्थाका संस्थापक अध्यक्ष राज कुमार राईले उक्त कार्यक्रमबाट त्रियुगा नगरवासीहरुलाई माछा मासु, दुग्ध, तरकारीमा व्यवसायीकरण गर्दै आर्थिक क्षेत्रमा आत्मानिर्भर बनाउने जनाए । यस क्षेत्रमा महिलाहरु सक्षम भए त्रियुगा नगरपालिकालाई शिक्षा, स्वास्थ्य अन्य थप क्षेत्रमा सहयोग पुग्ने राईले जनाए । पशुपालन र कृषिबाट महिलाहरुलाई सक्षम बनाउने र माछामासु, दुग्ध तरकारी त्रियुगामै उत्पादन गर्ने यस कार्यक्रमको उदेश्य रहेको राईको भनाई छ ।
यस्तै गरी यस परियोजनाको संयोजक प्रतिभा साहले वडामा पहिले समूह निर्माण गर्ने र त्यही निर्माण भएको महिला दिदिवहीनीहरुको समूहलाई कृषि र पशु क्षेत्रमा आधारशिल तालिम प्रदान गर्ने जनाईन् । साहले उक्त तालिम हाल ४ ओटा वडाहरुमा सम्पन्न भैरहेको र ३ ओटा वडाहरुमा संञ्चालन भैरहेको जनाईन् । बाँकी रहेको अन्य वडामा पनि यता सक्ने बित्तिकै सुरु गर्ने साहले जनाईन् । यो कार्यक्रम त्रियुगा नगरको १ देखी क्रमश ९ नं वडा र अन्य दुई ओटा १३ र १५ मा संञ्चालन गरिएको संयोजक साहको भनाई छ । तालिमका लागि ३१ ओटा समूहहरु निर्माण भएको छ आज त्रियुगाको ४ नं वडा बगाहामा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको समापन त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतको उपस्थितिमा भयो ।
