Sunday, June 14News That Matters

उदयपुरको बेलकामा निर्माणाधिन पक्कीपुल भत्कियो

पूर्णपुष्टि, जेठ ४ । निर्माणको क्रममा रहेको उदयपुरको बेलका नगरपालिका वडा नं. ३ स्थित गिदेरी खोलाको पक्कीपुलमा गएरातीको हुण्डरीले क्षती पुर्याएको छ । हुण्डरीले ढलान गर्न तयार पारिएको पुलको एक स्पाम भत्काएको छ । फलामे रडले उभ्याएको स्पाम कमजोर भएकाले हुण्डरीले भत्काएको हो ।

पुल निर्माण कार्य सुस्तढंगले भइरहदा प्राकृतिक विपत्तीले क्षती पुर्याएको छ । २०७० सालमा सिलान्यास भई तीनवर्षभित्रमा सम्पन्न गर्ने सम्झौता भएको थियो तर, हालसम्म अधुरो रहेको पुलको निर्माण कार्य नै कमजोर सावित भएको छ । ढलान भइसकेको एक स्पाममा भने क्षती पुगेको छैन ।

ठेकेदार कम्पनी मृत संजिवनीको चरम ढिलासुस्तीका कारण हालसम्म नबनेको पुलको काम क्षती पुगेपछि थप ढिलाई हुने भएको छ । सुरुमा पप्पु कन्ट्रक्सनले ठेक्का लिई संजिवनीलाई बेचेको थियो । पुलको ठेक्का रकम साढे १३ करोड रहेको बुझिएको छ ।
स्थानीयतहबाट बारम्बार खबरदारी गर्दा पनि ठेकेदारबाट अटेर हुँदा ढिलासुस्ती मात्र नभई कमजोर निर्माण सावित भएको वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए ।