Sunday, June 14News That Matters

धुम्रपान तथा सुर्तिजन्य पदार्थ रोकथामका लागि बिकास सहजीकरणको ६ कार्यक्रम

पूर्णपुष्टि, ४ जेष्ठ ।
बिकास सहजीकरण सञ्जाल उदयपुरले धुप्रपान तथा सुर्तिजन्य पदार्थ रोकथाम साथै न्युनिकरण बारे बिभिन्न कार्यक्रम गर्दै आएको छ । यी मध्ये  धुम्रपान तथा सुर्तिजन्य पदार्थ रोकथाम र नियन्त्रण बिषयक त्रियुगा नगरपालिका सँग समन्वयात्मक बैठक, शिक्षक र व्यवस्थापन समिति सँग विद्यालय स्तरीय बैठक, विद्यार्थीहरुलाई अभिमुखीकरण तथा अन्तरक्रिया र सचेतना मुलक बृत चित्र प्रदर्शन लगायतको कार्यक्रम सम्पन्न भएको छ । सडक नाटक र स्वास्थ्य परिक्षण कार्यक्रम संञ्चालनको क्रममा रहेको छ । ओटा कार्यक्रमहरु संञ्चालन गरिसकेको अवस्था छ । संञ्जालका अध्यक्ष चन्द्रमणी गुँरागाई (सिएम) ले विद्यार्थीहरुलाई बिषेश सुर्तीजन्य पदार्थबारे जानकारी गराउँदै रोकथामको प्रयास थालिएको जनाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कर कोषको सचिवालयको आर्थिक सहयोग र विकास सहजीकरण संञ्जाल उदयपुरको आयोजनामा तथा सहजीकरणमा त्रियुगाको ५ ओटा विद्यालयहरुमा कार्यक्रम संञ्चालन गर्दै आईरहेको अध्यक्ष गुरागाईले जनाए ।

यस्तै संञ्जालका बोर्ड मेम्वर ब्राजेस काफ्लेका अनुसार धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम नियन्त्र, निदान र उपचार सम्बन्धी बैशाख १५ देखी कार्यक्रमहरु संञ्चालन भैरहेको जनाए । काफ्लेका अनुसार उक्त कार्यक्रम जेष्ठ १५ सम्म सम्पन्न हुने जनाए । यस कार्यक्रमले समाजमा छरपस्टै रहेको सुर्तिजन्य पदार्थको असरलाई न्युनिकरण गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष गुरागाईको भनाई छ । विद्यालयमा क्षेत्रमा यसको सकरात्मक प्रभाव फैलाउन सके सकरात्मक प्रभाव पर्ने उनको भनाई छ । यस कार्यक्रमबाट ५ विद्यालयका करिब पाँचसय विद्यार्थीहरु प्रत्यक्ष लाभान्वीत हुने भएको छ ।