Friday, June 12News That Matters

त्रियुगाको १६ वटा वडामा कहाँ, कति मत गनिदैछ ?

पूर्णपुष्टि, जेठ १० ।
त्रियुगा नगरपालिकामा १६ वटा वडामा ४० हजार १७९ खसेको मत खसेको छ । नगरको सबैभन्दा बढि मत वडा नं. ११ र ६ मा खसेको छ । वडा नं. ११ मा ३,५३६ मत खसेको छ भने वडा नं. ६ मा पनि त्यतिनै मत खसेको छ । सबैभन्दा कम मत वडा नं. १४ साउनेमा खसेको छ । सो वडामा १३१० मत खसेको छ ।
मतदानमा विवादित रहेको वडा नं. १२ मा खसेको १,७२५ मत नै गणना गर्ने भएको छ । त्यसैगरी त्रियुगा नगरपालिका वडा नं १ मा १,९४८ मत खसेको छ भने वडा नं. २ मा २,७९४, वडा नं. ३ मा ३,३३८, वडा नं. ४ मा २,५६२, वडा नं. ५ मा ३,०१३ मत खसेको छ । त्यस्तै वडा नं. ७ मा २,९३४, वडा नं. ८ मा २,४४१ मत खसेको छ । वडा नं. ९ मा २,१८६, वडा नं. १० मा ३,०४९, वडा नं. १२ मा १,७२५, वडा नं. १३ मा २,५३५, वडा नं. १५ मा १,७६५ र वडा नं. १६ मा १,४७७ मत खसेको जिल्ला निर्वाचन कार्यलय उदयपुरले जनाएको छ ।

समग्र मत मध्ये हाल वडा नं. १ र १६ देखि सुरु गरिएको छ । १ र १६ को गणना सकिएपछि वडा नं. २ र १५ को गणना हुने जनाइएको छ । एवम् प्रकारले गणना अगाडी बढाइने जनाइएको छ ।