
पूर्णपुष्टि, जेठ १० गते ।
उदयपुरको त्रियुगा नगरपालिकामा निर्वाचन भएको १२ दिन पश्चात मतगणना आजबाट धमाधम सुरु भएको छ । साढे १० बजेबाट गणना सुरु गरिने भनिएकोमा मत गणना कार्य १ बजे देखि त्रियुगाको १ नं. वडाबाट सुरु भएको हो । १ नं. वडा सँगै वडा नं. १६ को मतगणना पनि सुरु गरिएको छ । प्रत्येक ३ सय मत गणना गरे पश्चात मात्रै परिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । त्रियुगाको वडा नं. १ को पहिलो ३ सय मतगणनाको परिणाम केहिबेरमै सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
