
पूर्णपसष्टि, बैशाख १०
त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी पुन मेयरमा उठ्ने भएको छ । आज बैशाख १० गते आदिवासी जनजाति पत्रकार महसङ्घ उदयपुरले आयोजना गरेको कार्यक्रममा उमेदवारी घोषणा गरेको हो । मेयर बलदेब चौधरीले पुन मेयरमा उमेदवारी दिने भन्दै आजै राजिनामा दिईसकेको छ । एकिकृत समाजबादी त्रियुगा नगर समितिले बल्देब चौधरीको नाम जिल्ला समितिमा मेयरका लागि सिफारिस गरिसकेको हो । सोकार्यक्रममा बोल्दै बलदेब चौधरीले आफू एक्लै चुनावमा लड्न तयार रहेको बताए ।
मेयर बलदेब चौधरी यस अघि एमालेबाट निर्वाचित भएपनि एमाले अध्यक्ष के।पि शर्मा ओलिले संम्सद विघटन गरेसँगै सो कदम लाई प्रतिगमनभन्दैबिद्रोह गरी एकीकृत समाजबादीमा रहेको छ । उदयपुरका नगरपालिका मध्ये त्रियुगा नगरपालिका तुलनात्मक रुपमा सफल मानिन्छ ।
