
पूर्णपुष्टि, जेठ १२ ।
उदयपुरकाे जेठाे र ठुलाे नगरपालिका त्रियुगाकाे मतपरिणाम राेचक बन्दै गएकाे छ । यहाँ काङ्ग्रेस, एमाले र गठबन्धन (एकीकृत समाजवादी र माओवादी केन्द्रकाे संयुक्त गठबन्धन) बीच प्रतिष्पर्धा देखिएकाे छ । प्रमुख र उपप्रमुख पदमा यी तीनै पक्षमा मत आईरहेकाे छ । यसबीचमा पनि काङ्ग्रेस र गठबन्धनकाे निकटतम् टक्कर देख्न सकिन्छ । 
९ हजार ५४० मतगणनामा काङ्ग्रेसकाे प्रमुख पदका उम्मेद्वार वसन्त बस्नेतकाे ३०९० मत, गठबन्धनबाट नेकपा (एस) का बलदेव चाैधरी ३०११ र एमालेकाे भागवत राउतकाे २१२६ मत रहेकाे छ ।
हालसम्मकाे मत परिणामले उपप्रमुखमा पहिलाे रुख, दाेस्राे गाेलाकारभित्रकाे हसिया हथाैडा र तेस्राेमा सुर्यले मत पाएकाे छ ।
उपप्रमुखमा काङ्ग्रेसकी सरिता राईकाे २८०९, गठबन्धनबाट माओवादि केन्द्रकी गिता खड्का कार्कीकाे २४५७ र एमालेकी महेश्वरी राईकाे २३६८ मत रहेकाे छ ।
यसबीचमा वडा नं. १,२ र १६ काे गणना सकिदा १ मा काङ्ग्रेस, २ मा एमाले र १६ मा गठबन्धनकाे माओवादी केन्द्रले वडाध्यक्षमा विजय हाँसिल गरेकाे छ । सबैभन्दा पहिले गणना सकिएकाेे १६ नं. वडामा माओवादी केन्द्रका मानबहादुर राईले प्यानलै जितेकाे हाे । १ नं. वडामा काङ्ग्रेसकाे मनाेजकुमार चाैधरीले प्यानलै जितेकाे छ भने २ नं. वडामा एमालेकाे घमानसिङ खत्रीले वडाध्यक्ष जितेका छन् । अहिले वडा नं. ३, १५ र १४ गणना चलिरहेकाे छ ।
अब त्रियुगाकाे मत गन्न ३० हजार ६३९ मत बाँकी छ । त्रियुगामा ६० हजार ४६ मतदाता मध्ये ४० हजार १७९ मत खसेकाे छ ।
