
पूर्णपुष्टि, जेष्ठ ९ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजिआईपी) अन्तर्गत विश्व बैंकको सहयोगमा निर्माण भईरहेको शहरी सडक स्तरोन्नतीको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराईएको छ ।
शुक्रबार त्रियुगा नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण कम्पनी श्री आशिष आशिर्वाद स्वामी नारायण जेभीलाई निर्माण कार्य समयमै सम्पन्न गर्न सचेत गराईएको हो । पत्रकार सम्मेलनमा त्रियुगा नगरपालिकाका जनताको तर्फबाट पत्रकारहरुले जनगुनासो राखेका थिए भने कन्सल्टेन्सी, प्राविधिक लगायतका टोलीले आ–आफ्नो कुरा राखेका थिए ।
त्यस्तै सम्मेलनमा बोल्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई बारम्बार निर्देशन दिईरहेको बताएका छन् । मेयर बस्नतले यदि निर्माण कम्पनीले समयमै निर्माण कार्य सम्पन्न गर्न नसके कालो सुचिमा राख्ने समेत चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनको पुरा भिडियो हेर्न यो लिंकमा जानुहोस् : https://www.facebook.com/share/v/15LYhRXe1t/

