Friday, June 12News That Matters

त्रियुगामा फेरी काङ्ग्रेसको अग्रता, ११ मतले गठबन्धन पछाडि

पूर्णपुष्टि, जेठ ११ ।
त्रियुगा नगरपालिकाको मतगणनाको परिणामले काङ्ग्रेस र गठबन्धनबीच टक्कर परिरहेको छ । यी दुईको प्रमुख पदका उम्मेदवारले पालैपालो अग्रता लिने गरेको छ । केही समय अघि १ मतले अग्रतामा रहेको गठबन्धन अहिले ११ मतले पछि परेपछि काङ्ग्रेसले अग्रता पाएको छ ।
४१७६ मत गणना सकिदा काङ्ग्रेसको बसन्त बस्नेत १३६८ मतका साथ अग्रतामा छन् । गठबन्धनबाट नेकपा (एस) का बलदेव चौधरी १३५७ मतमा छन् भने एमालेको भागवत राउतको ८६२ मत रहेको छ ।