Friday, January 24News That Matters

त्रियुगामा माओवादी केन्द्रको वडा सम्मेलन शुभारम्भ

पूर्णपुष्टि, १६ पुष ।
माओवादी केन्द्र त्रियुगा नगरपालिकाले वडा सम्मेलन सुरु गरेको छ । जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान अन्तर्गत त्रियुगाको वडा नम्बर (९ को दोश्रो वडा सम्मेलन सँगै कार्यक्रम सुभारम्भ गरिएको हो । प्रमुख अतिथि पार्टीका अनुसासन बिभाग अध्यक्ष टंक राईको उपस्थितिमा वडा सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो ।

उक्त वडा सम्मेलनबाट ध्रुव कटुवालको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ भने कमला दनुवारको अध्यक्षतामा १३ सदस्यीय अनेम सङ्घ क्रान्तिकारी र कविराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय वासिएलको वडा कमिटी समेत गठन गरिएको छ ।
निर्वाचित सबै समितिका पदाधीकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि टंक राई, नगर इन्चार्ज बिमल किराती र पाटी नगर अध्यक्ष मान वहादुर राई सहितका अन्य अतिथिहरुले कार्यसफलताको कामना र बधाई ज्ञापन गरेको छ । निर्वाचित सबै कार्यसमितिलाई नगर पार्टी अध्यक्ष मान वहादुर राईले सपथ खुवाएका थिए ।