पूर्णपुष्टि, १९ कार्तिक ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले २१९ जना ब्यपारी सदस्यहरुको सामुहिक दुर्घटना बिमा गराएको छ । २०८०÷०८१ का लागि संघको सदस्यतामा नविकरण गराउने २१९ जना ब्यपारी सदस्यहरुको आईतबार एक कार्यक्रमकाबीच सामुहिक बिमा गराएको हो । ९५४ सदस्य रहेको संघमा २१९ जनाले मात्रै हाल सम्म नविकरण गराएको छ । सोही नविकरण गर्ने ब्यपारीहरुको संघले धमाधम बिमा गराउँदै आएको छ ।
संघका अध्यक्ष रमेश रसाईलीका अनुसार सदस्यताको नविकरण गराउने सबै सदस्यहरुको बिमा गराउने क्रम जारी रहेको छ । हाल सम्म नविकरणमा आएको ब्यपारीहरुको हामिले बिमा गराई सकेका छौँ, अन्य ब्यपारीहरुले पनि नविकरण गराएसी सामुहिक दुर्घटना बिमामा जोड्नेछौ रसाईलीले भने । सगरमाथा लुम्वीनी इन्स्योरेन्स कम्पनी लिमिटेका क्षेत्रीय प्रवन्धक नारायण गौतमले संघका अध्यक्ष रसाईलीलाई सामुहिक बिमा हस्तान्तरण गरेका थिए । सोही अन्तर्गत ब्यपारीहरुलाई सामुहिक दुर्घटना बिमाको सदस्यता प्रदान गरिएको छ ।
बरिष्ठ ब्यपारी तथा संघको पूर्व उपाध्यक्ष समेत रहेका भरत सिंह चाम्लिङले ब्यपारीहरुका लागि बिमा अतिआबश्यक क्षेत्र रहेको जनाए । सोही अनुसार संघले ब्यपारीहरुलाई बिमा गराउँदै गर्दा यो निकै सकरात्मक पक्ष रहेको राईको बुझाई छ । यस बिमा बिषेशगरी साना ब्यपारीहरुको लागि अति प्रभावकारी हुने राईले जनाए । अर्का ब्यापारी बिष्णु ओलीले पनि संस्थाको लगानीमा बिमा गर्न पाउँदा निकै उत्साहित रहेको जनाईन् । ब्यपारीहरुको हकहितमा काम गर्ने हो भने यस्तै खाले आवश्यकीय काम गर्नु पर्ने उनले जनाईन् ।
अध्यक्ष रसाईलीले बाँकी रहेको ब्यपारीहरुलाई पनि तत्काल सदस्यताको नविकरण गरी बिमामा सहभागी हुन अनुरोध गरेको छ । २१९ जना ब्यपारीहरुका १ लाखको दरले २ करोड १९ लाख रुपयाँ संघले खर्चेको छ ।
कम्पनीका क्षेत्रीय प्रवन्धक गौतमले यस बिमा अन्तर्गत दुर्घटनाबाट मृत्यु, प्रार्थिर शरिर तथा किरिया खर्च, काज किरिया खर्च, स्थायीपूर्ण अशक्तता, आंशिक अशक्तता र औषधी उपचारहरुको सुविधार रहेको जनाए । उनले समस्त ब्यपारी र संघलाई बिषेश धन्यवाद दिँदै बिमामा जोडिएकोमा खुसी ब्यक्त गरे । त्रियुगा नगर प्रमुख बसन्त वस्नेत र उपप्रमुख महेश्वरी राईले बरिष्ठ ब्यपारी भरत सिंह चाम्लीङ लगायतका ब्यपारीहरुलाई बिमा सदस्यता प्रदान गर्दै कार्यक्रमको सुभारम्भ गरेका छ । अन्य ब्यपारीहरुलाई पनि क्रमश बिमामा जोड्दै जाने संघले जनाएको छ ।