त्रियुगा उद्योग बाणिज्य संघले दियो प्रहरीलाई १० थान चेकिङ सचेतना बोर्ड

पूर्णपुष्टि, १० मंसिर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरलाई त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले १० थान ट्राफिक चेकिङ सचेतना बोर्ड प्रदान गरेको छ । आईतबार प्रहरी कार्यालय परिसरमै गएर संघका अध्यक्ष रमेश रसाईली, प्रथम उपाध्यक्ष नविन वस्नेत, माहासचिव दिनेश कुमार श्रेष्ठ, कोषाध्याक्ष टिका कुमार श्रेष्ठ, कार्यलय सचिव सन्जीव श्रेष्ठ, महिला प्रतिनिधि शसि लामा कार्की लगायतका टोलीले जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सहितका टोलीलाई बोर्ड हस्तान्तरण गरेको हो ।

पछिल्लो समय मदन भण्डारी हाईवेमा दुर्घटनाको अवस्थाहरु बृद्धि हुँदै गएको भन्दै न्युनिकरणका लागि प्रहरी र ट्राफिक प्रहरीलाई सहजीकरण गर्ने उदेश्यले ट्राफिक सचेतना बोर्ड प्रदान गरिएको अध्यक्ष रसाईलीको भनाई छ । बोर्ड प्रदान गरेकोमा डिएसपी चौधरीले संघका सम्पूर्ण टिमलाई धन्यवाद समेत ब्यक्त गरे । उक्त बोर्ड जलजले, लालपत्ता, त्रियुगा बसपार्क, बरुवा वसपार्क लगायत अति संवेदनशिल एरियामा पठाईने पनि डिएसपी चौधरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0