
पूर्णपुष्टि, भदौ ११
त्रियुगा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहेका गजेन्द्र कुमार भगतले कार्यालयको ल्यापटप चोरी शैलीमा लगेको भन्दै संघका अन्य पदाधिकारिहरुले आपत्ति जनाएका छन् । संघको पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्यसमेत रहेका भगतले आफ्नो मर्यादालाई विर्सिदै कार्यालयको ल्याप्टप जुम मिटिङका लागि भनेर चोरी शैलीमा आफ्नो झोलामा हालेर लगेको भन्दै पदाधिकारीहरुले बिज्ञाप्ती मार्फत आपत्ति जनाएका हुन् । संघमा अध्यक्ष भगत र अन्य बहुसंख्या पदाधिकारि सदस्यहरुबीच लामाे समययता विवाद छ ।
भगतले गरेको यो शैली दादागीरी र चोरीको हर्कत भएको भन्दै कार्यालयका कर्मचारीहरुले भगत सहित अन्य ३ जना बिरुद्ध चोरी आरोपमा प्रहरीमा समेत निवेदन दिएका थिए । 
तर त्यो निवेदन दर्ता भएको छैन् । आपसी मामिलालाई एक पटक सम्पूर्ण संघका पदाधिकारी बिच छलफल गराईने भन्दै निवेदन दर्ता नगरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पटक पटकको प्रयासमा पनि भगतले साधारण सभा गर्न नसकेको र कयौँ पटक म्याद थपेर संघ चलाइएको अवस्थामा अहिले कार्यसमितिको सम्पूर्ण म्याद र कार्याकाल सकिसकेको छ । समितिको म्याद सकिएपछि सचिवालयको माताहतबाट कार्यालयको काम भईरहेको अवस्थामा अध्यक्ष भगतले कर्यालयमा आएर धम्कि दिने र संघको प्रशासनिक काम काजमा अबरोध गर्ने र मानसिक दवावहरु दिरहेको विज्ञाप्तीमा उल्लेख छ ।
भगतले ल्याप्टप झोलामा हालेर अर्को व्यक्तिलाई दिएर आफु स्कुटर छाडेर भागेको बिज्ञाप्तीमा भनिएको छ ।
चोरीको आरोपमा प्रहरीमा निवेदन
यता कार्यालय सचिवालय तथा कर्मचारीहरुले भने भगतले ल्याप्टप चोरेकै आरोपमा निवेदन दिएका छन् । कार्यालय सचिव डिल्लि प्रसाद उप्रेती र कार्यालय सहायक सन्जीव श्रेष्ठले ल्याप्टप चोरीको आरोपमा भगत विरुद्ध प्रहरीमा निवेदन दिएको हो ।
भगतले कार्यलयको टेवुलमा रहेको ५८ हजार बराबरको लेनोभो ल्याप्टप चोरेको निवेदनमा उल्लेख गरिएको छ । प्रदेश २–०३–००३–९४३८ नम्वरको स्कुटरमा कार्यलय परिसरमा आएर कार्यालय प्रवेश गरी टेवुलमा राखिएको सार्वजानिक ल्याप्टप झिकी आफ्नो झोलामा राखेको निवेदनमा उल्लेख गरिएको छ । उक्त ल्याप्टप झोलामा हाली बाहिर निस्कने क्रममा झोलामा के बोक्नु भएको हो भन्दा म हेर्न दिन्न भन्दै भगत भागेको निवेदनमा उल्लेख गरिएको छ ।

उक्त ल्याप्टप चोरी पश्चात मनोहर खतिवडालाई दिई निज भगत बेपत्ता अवस्थामा रहेको निवेदनमा उल्लेख गरिएको छ । भगत बारे मनोहर खतिवडालाई बुझ्दा भगतले भनेको कुरालाई उदृत गर्दै आफ्नो ल्याप्टप उक्त संघबाट ल्याएको र त्यो ल्याप्टप सुनिल शाहाकोमा पुराई दिनु भनि छाडिदिएकाले मैले सुनिलकोमा पुराईदिएको छु भन्ने कुरा नविन वस्नेतलाई फोनमा मनोहरले भनेको उल्लेख छ ।
निवेदनमा लेखिएको छ । प्रहरी कार्यालयमा ल्याप्टप चोरी बारे सबुद प्रमाणहरु सहित निवेदन दिएको उल्लेख गरिएको छ । सवुद प्रमाण बारे निवेदनमा उल्लेख गरिएका बुदाहरु भगतले चढेर आएको स्कुटर छाडेर गएको, मनोहर खतिवडा र नविन वस्नेत विचको फोन कुराकानी र त्रियुगा नगरपालिका ११ का कवित श्रेष्ठले ल्यापटप चोरी भाग्दै देखेकोे निवेदनमा उल्लेख छ ।
यता पूर्व अध्यक्ष भगतले आफ्नै ल्याप्टप चोरी नगरेको बताएको छ । आफ्नै कार्यालयमा मैले कसरी ल्याप्टप चोरी गरेको हुन सक्छ उनले भनेका छन् । स्कुटर कार्यालयमै छाडेर ल्याप्टप लिई भाग्नु भो रे भन्दा पानी परेका कारण मैले स्कटर छोडेर गाडीमा चडेर आफु गएको अध्यक्ष भगतले प्रतिक्रिया दिएका छन् । भगतको स्कुटर अहिले प्रहरीको नियन्त्रणमा छ ।
