
पूर्णपुष्टि, पुष २९
प्रदेश नं १ का सामाजिक विकास मन्त्री जयराम यादवले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । बुधबार संघको कार्यलय परिसरमै आएर मन्त्री यादवले बधाई तथा शुभकामना व्यक्त गरेको हो । यादवले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिँदै सहकार्य समेत गरेर जाने बताए । उनले त्रियुगा उद्योग वाणिज्य संघका पदाधिकारीहरु तथा यस माताहतका व्यपारीहरुसँग रहेको उद्योग व्यापारहरुलाई प्रथामिकता दिँदै समन्वय गरेर जाने समेत मन्त्री जनाए ।

यस संघलाई प्रदेश सरकारले आवश्यकीय सहयोग समेत गर्ने र त्यसको लागि प्रपोजल लिएर प्रदेश कार्यलयमा आउन समेत अनुरोध गरे । त्यस्को लागि आफ्नो पूर्ण पहल र भूमिका समेत रहने जनाए ।

