Thursday, May 21News That Matters

त्रियुगा नगरको आगामी बजेट, एक अर्ब ४७ करोड ३४ लाख

पूर्णपुष्टि, १० असार ।
त्रियुगा नगरपालिकाले आगामी आर्थिक बर्ष ८०÷८१ का लागि एक अर्ब ४७ करोड बढी बजेट ल्याएको छ । आईतबार नगरपालिकाकोे ११ औँ नगरसभा बैठकमा नगर उपप्रमुख महेश्वरी राईले उक्त बजेट सार्वाजानिक गरेकी हुन् । राईका अनुसार संघिय सरकारबाट समानीकरण अनुदान तर्फ २० करोड १८ लाख, सशर्त अनुदान चालु तर्फ ५१ करोड ३१ लख, पुँजीगत तर्फ २७ करोड ४६ लाख र समपुरक अनुदान तर्फ एक कारोड ८० लाख गरी १ अर्ब २ करोड ५ लाख प्राप्त भएको छ ।

                                           आगमी बजेट प्रस्तुत गर्दै उपमेयर महेश्वरी राई,

यस्तैगरी प्रदेशबाट समानीकरण अनुदान तर्फ ३ करोड ९६ लाख २ हजार, सशर्त अनुदान तर्फ १ करोड ४७ लाख २० हजार, समपुरक अनुदान तर्फ १ करोड २५ लाख ८० हजार गरी जम्मा ५ करोड ८२ लाख ६२ हजार र नगरपालिका स्रोतको आन्तरिक आय तर्फ २० करोड ३० लाख र राजश्व बाँडफाँड तर्फ १९ करोड १६ लाख ४७ हजार गरी जम्मा १ अर्ब ४७ करोड ३४ लाख ९ हजार बजेट बिनियोजन उपप्रमुख राईले जनाईन् ।

                                          निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख वसन्त वस्ने ।

उक्त बजेट आर्थिक विकास तर्फ कृषि, पशुपन्छी, सहकारी, पर्यटन, उद्यमशिलता, सामाजिक विकास तर्फ शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैँङगीक समनता तथा सामाजिक, गैरसरकारी संस्था, भाषा, कला, साहित्य र संस्कृति प्रवद्र्धदन, पूर्वधार विकास तर्फ सडक तथा पुल, सिंचाई, भवन तथा शरी विकास, वन वातावरण तथा विपद्, विपद व्इवस्थापन, फोहोर मैला व्यवस्थापन, जैविक विबिधता, सूचना संञ्चार लगायत कार्यमा लगानी गर्ने जनाईएको छ ।

नगर सभाका सभाध्यक्ष समेत रहेका नगर प्रमुख वसन्त कुमार वस्नेतले आगामी बर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गरे । उनले नगरको आवश्यकताको परिधिमा रहेर बिविध शिर्षकमा निति तथा कार्यक्रम प्रस्तुत गरेको जनाए । प्रमुख वस्नेतले आगामी बर्षका बजेटले जनतामुखी काम गर्ने र त्रियुगा नगरलाई बिकास र समृद्धिमा अगाडी बढाउने जनाए ।