Friday, April 17News That Matters

त्रियुगा नगरपालिकाको आफ्नै लोगो

पूर्णपुष्टि, १२ असार ।
त्रियुगा नगरपालिकाको आफ्नै लोगो निर्माण गरेको छ । पालिकाको ऐतिहाँस, भौगौलिक, प्राकृतिक र सामाजिक झल्कीने लोगो निर्माण भएको हो । लोगोले त्रियुगाको मौलिकता र बिशिष्टतालाई समेटेको छ । उक्त लोगोलाई पालिकाको १५ औँ नगरसभाले पारित गरेको छ । लोगोमा नेपालको झण्डा, नगरपालिकाको भुगोल, गाईको प्रतिमा, त्रियुगा र बरुवा नदी र नगरमा वसोवास गर्ने जातजातिको भेषभुषा समेटिएको छ । जस अन्तर्गत नेपालको नक्सामुनी सबै समुदायलाई अटाईएको छ ।