Monday, July 6News That Matters

त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्यमा एमाले र माओवादीका ७ जना निर्वाचित, मेयर अल्पमतमा

पूर्णपुष्टि, जेष्ठ २८
त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्यमा एमाले र माओवादीका ७ जना निर्वाचित भएका छन् । एमाले र माओवादी संयुक्त गठबन्धनका हुन् । गठबन्धनको ७ उम्मेदवारहरु निर्वाचित भैरहँदा कांग्रेस बाट भने एक जना उम्मेदवारले मात्रै जित निकालेका छन् ।

कार्यपालिका सदस्यमा जम्मा ८ जना समिति रहन्छ । यस मध्ये एमाले र माओवादीले बहुमत प्राप्त गरेका छन् । एमाले बाट ४ जना र माओवादी बाट ३ जना गरी जम्मा ७ जना कार्यपालिका सदस्य निर्वाचित भएको हो । माओवादी बाट विमल किराँती, कुन्ती परियार, रेखा थापा मगर र एमाले बाट रेनुका श्रेष्ठ, सुनिता गजमेर, गिता कुमरी उप्रेदी र डिल्लीसेर राई बिजयी बनेका छन् । यता कांग्रेसबाट बलदेव विश्वकर्मा बिजयी बनेका छन् ।