
पूर्णपुष्टि, भदौ २५ । त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन हाललाई स्थगित गरिएको छ । मंगलबार जेन्जी प्रदर्शनकारीले नगरपालिका तोडफोड र आगजनी गरेपछि आज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुमार खड्काले एक सुचना जारी गर्दै कार्य सम्पादन स्थगित भएको जानकारी दिएका हुन् ।
आन्दोलनकारीहरुले नगरपालिकाको अधिकांश दस्तावेजहरु, कम्प्युटर, प्रिन्टर, इन्टरनेट सेवा, झ्याल–ढोका र कार्यकक्ष समेत तोडफोड गरी सबै सामानहरुमा आगजनी गरेका थिए । जारी सुचनामा अर्को सुचना प्रकाशन नभएसम्म नगरकार्य सम्पादन स्थगित भएको जनाईएको छ ।
