Tuesday, April 21News That Matters

गाईघाटमा वि.पि.को शालिक हटाएर पृथ्वी नारायण शाहको तस्वीर राखियो

पूर्णपुष्टि, भदौ २५ । उदयपुरको सदरमुकाम गाईघाटको वि.पि. चोकमा रहेको विश्वेश्वर प्रसाद कोइरालाको शालिक तोडफोड र आगजनी गरेपछि पृथ्वी नारायण शाहको तस्वीर राखिएको छ ।

मंगलबार दिउँसो उग्ररुप लिएको जेन्जी आन्दोलनकारीले वि.पि.को शालिक तोडफोड र आगजनी गरेपछि राष्ट्र निर्माताको रुपमा परिचित पृथ्वी नारायण शाहको तस्वीर राष्ट्रिय झण्डा सहित ठडाएका हुन् । आन्दोलनकारीले उदयपुरको सबै सरकारी कार्यालय, नगरपालिका, मेयर–उपमेयर, पूर्व मेयर र उपसभामुखको घरमा तोडफोड र आगजनी गरेका थिए ।