
पूर्णपुष्टि, भदौ २५ । उदयपुरको सदरमुकाम गाईघाटमा हिजो दिउँसोदेखी उग्ररुप लिदैँ तोडफोड र आगजनीमा अत्रिएका जेन्जी युवाहरु आज सरसफाईनमा लागेका छन् । आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेका युवाहरुले गाईघाटको मेनचोक देखी सरसफाई गर्न सुरु गरेका हुन् ।
हिजो दिउँसो करिब ५ बजेको समयमा जेन्जी युवाहरुले मेनचोकमा आगजनी गरेको मोटरसाईकल र आगजनीबाट भएको फोहोरहरु व्यवस्थापन गर्नको लागी सरसफाईन गर्न थालेका हुन् । जेन्जी युवाहरुको आन्दोलन सफल भएसँगै आजदेखी सरसफाईमा जुटेका हुन् ।

