
पूर्णपुष्टि/उदयपुर, भदौ २४ ।
जेनजी प्रदर्शनकारीले कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारको घरमा आगजनी गरेका छन् । उनीहरुले उपसभामुखको घरभित्र साँझमा प्रवेश गरी भित्रको सामानहरु बाहिर थुपारेर आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले मेयर, उपमेयर, पूर्वमेयरसमेतको घरमा आगजनी गरेका छन् ।
त्रियुगा नगरपालिका कार्यालयमासमेत आगजानी गरेका हुन् । प्रदर्शनकारीले घर र कार्यालयमा भने आगलागी गरी क्षती गरेका छ्रैनन् । भित्रको सामान बाहिर निकालेर आगजनी गरेकाले सामान बाहेक अन्य भौतिक क्षती भएन । उपमेयर राईको घरको आगजनीमा भने अन्य घरसमेत पर्न लागेकोमा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो ।
