Friday, February 14News That Matters

त्रियुगा नगर महोत्सवको सबै खेल सम्पन्न, कुन खेलको उपाधी कस्ले जित्यो ?

पूर्णपुष्टि, चैत्र १२
उदयपुर गाईघाट स्थित जारी त्रियुगा नगर महोत्सवको सम्पूर्ण खेल आज सकिएको छ । शुक्रबार देखी जारी महोत्सवमा बिभिन्न लोपनमुख खेलहरु सँगै स्वास्थ्य सिविरको पनि अयोजना गरिएको थियो ।

जिल्लाकै ठुलो नगरपालिका समेत रहेको त्रियुगा नगरपालिकाको २५ औँ बर्षको रजत महोत्सवको अवसरमा उक्त खेलहरु गराईएका थिए । गाईघाटको पूर्वपश्चिम वसपार्क स्थित खेलमैदानमा डोरी तनाई, डण्डी वियो, हण्डीफोर, म्युजिकल चियर, तातो आलु, भाले समाई लगायतको खेल खेलाईएको थियो । डोरी तनाई खेलमा बोक्सेको दुवै टिम प्रथम र दोस्रो भएका छन।

बोक्से फ्युजन क्लव (ए) र फ्युजन क्लव (बी) बिच फाईनल प्रतियोगितामा (ए) ले उपाधी हात पारेको छ भने (बी) दोस्रो बनेका छन् । डोरी तनाईकै महिला तर्फ उदयपुर स्पोर्ट क्लव प्रथम भएका छन् । उनिहरुले त्रियुगा नगरपालिकाका महिला कर्मचारीहरुलाई हराउँदै प्रथम बनेको हो ।

डोरी तनाईमा उदयपुर स्पोर्ट क्लव, इनजी फिटनेस क्लव (ए र बी) फ्युज क्लव (ए र बी) र त्रियुगा स्पोर्ट क्लव गरी पुरुष तर्फ ६ टिम सहभागी थिए । भने महिला तर्फ उदयपुर स्पोर्ट, त्रियुगाका महिला कर्मचारी र त्रिजव क्याम्पसगरी ३ टिम सहभागी थिए ।

उक्त खेलको महिला तथा पुरुष बिजेता टिमले १० हजार नगद र दोस्रो हुनेले ५ हजार नगद प्राप्त गर्नेछ । यसैगरी डण्डी वियो प्रतियोगितामा त्रिनपा १३ भुसुने प्रथम भएको छ भने त्रियुगा नगरपालिका दोस्रो भएको छ । उक्त खेलको बिजेताले नगद रु ५ हजार प्रदान गरिने छ भने दोस्रो हुनेलाई रु ३ हजार प्रदान गरिने छ ।

यस्तै गरी तातो आलुमा अन्जु दाहाल प्रथम भएकी छिन् भने सुजता खत्री दोस्रो बनेकी छिन् । उनिहरुले क्रमश : पहिलोले २५ सय र १५ सय प्राप्त गर्ने छन् ।
यस्तै म्युजिकल चियरको उपाधी त्रियुगा नगरपालिकाकी कर्मचारी सिव कुमारी राउतले हात पारेकी छिन् । उनिले पनि रु २५ सय नगद पाउने छिन् ।

यस्तैगरी हण्डिफोरको पुरस्कार त्रिनपा १३ का नयन्द्र खत्रीले पाएका छन् । उनिले अन्तिम चरणतिर हण्डी फोड्दै उपाधि जितेको हो । उनले पनि रु ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै भाले समाउने प्रतियोगिताको उपाधी त्रिनपा १३ का मन्दिप ढुंगेल जितेको छ । उनले भाले सहित नगद रु ५ हजार प्राप्त गर्ने नगर खेलकुद विकास समितिका कार्यालय सचिव उदय राईले जनाए ।

राईका अनुसार सम्पूर्ण बिजेता खेलाडीहरुलाई आईतबार पुरस्कार वितरण गर्दै कार्यक्रमको समापन गरिने जनाईएको छ । त्रियुगा नगरपालिकाको मेयर वलदेव चौधरी र देवी कुमारीले डोरी तनाईको रिबन काडेर संयुक्त सम्पूर्ण खेलको उद्घाटन गरेका थिए ।

IMG_7580