
पूर्णपुष्टि, २० फागुन ।
त्रियुगा सानासहरी खानेपानी उपभोक्ता समितिको निर्वाचन भोली हँदैछ । चुनावमा पूर्व अध्यक्ष संकर बस्नेत र कार्यबाहक अध्यक्ष ओम खड्काबीच भिडन्त हुने भएको छ । खड्का प्यानल सहित चुनावमा होमिएका छ भने बस्नेतको प्यानलै बन्न सकेको छैन् । खड्काको प्यानलमा उपाध्यक्ष पदको उम्मेदवारमा सुपराज राई, सचिवमा सन्तोष खड्का (निर्विरोध) र रेवती रमण गेलाल कोषाध्यक्ष रहेको छ । 
यस्तै सदस्यहरुमा कृष्ण कुमारी राई, रिता आछामी, जित बहादुर बराल, भविन्द्र खत्री, र डिल्ली नारायण श्रेष्ठ रहेको छ । भोली हुने चुनावलाई मध्यनजर गर्दै उपभोक्ता समितिहरुले खानेपानीको हकहितमा काम गर्ने विवाद रहित व्यक्ति आउनु पर्ने जनाए । उनिहरुले उपोक्ताहरुको लागि पानी सुलब बनाउने र पानी वितरणमा सहज पुराउने उम्मेदावारलाई मत दिने पनि जनाए । उक्त समितिमा झण्डै २८ सयको हाराहारीमा उपभोक्ताहरु रहेको छ । चुनाव बाल मन्दिर माविमा बिहान ७ बजेदेखी बेलुका ५ बजे सम्म हुने भएको छ ।

