
पूर्णपुष्टि, फागुन २० । उदयपुरमा लागुऔषध मुद्धाका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङा नगरपालिका घर भई हाल त्रिनपा–११ बस्ने ४१ बर्षीय मोहमद पत्ते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिप्रकाबाट खटिएको प्रहरीले टोलीले आईतबार फत्तेलाई पक्राउ गरेको हो । जिल्ला अदालतले लागुऔषध मुद्धामा २००० हजार रुपैँया जरिवाना तोकेको पत्तेलाई लुकिछिपि बसेको भन्ने विशेष आधारमा पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाएको प्रहरीले जनाएको छ ।
