Wednesday, May 27News That Matters

बयलगढी सफारीलाई त्रियुगा नगरपालिकाको सहयोग, टुबोर्ग र गार्खा ब्रुअरीको प्रायोजक

पूर्णपुष्टि, २० फागुन ।

बयलगढी सफारीलाई त्रियुगा नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ भने प्रख्यात बियर टुबोर्ग र गोर्खा बु्रअरीले प्रायोजन गर्ने भएको छ । बयलगढी सफारी बहेडुवा सामुदायिक थारु होम स्टेले यहि पाmगुन २५ गते शुक्रबार माहासिवरात्रिको अवसर पारी शुभारम्भ गर्ने भएको छ । होम स्टेले लोपन्मुख बयलगढी सफारीलाई पर्यटकको आकर्षणको रुपमा सुभारम्भ गर्ने भएको हो । गढीको शुभारम्भ प्रदेश मन्त्री कृषि उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने भएको छ । सो दिन थारु परिकार २ सयमा छानी छानी व्यवस्था गरिएको छ । बयलगढी सफारीको लागि प्रति ब्यक्ति रु १ सय, थारु पहिरन सहित रु २५० र २ किलो मिटर रिजर्भको लागि रु ५ सय रहेको छ ।