
पूर्णपुष्टि, २० जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं ११ को वाल संञ्जाल अध्यक्षमा पिसजोन एकेडेमीकी सुस्मिता थापा र उपाध्यक्षमा पुष्पान्जली बोर्डिङ्की रोनिया वि.क निर्वाचित भएकी छिन् । मंगलबार त्रियुगा नगरपालिकाको सभाहलमा भएको निर्वाचनमा अध्यक्षका लागि ६ जना र उपाध्यक्षका लागि ५ जना भिडेका थिए । ठुलो टकरावकाबीच पिसजोनकी थापा र पुष्पान्जलीकी रोनिया अध्यक्ष र उपाध्यक्षमा निर्वाचि भए ।
यता सचिवमा भने त्रियुगा नमुना माध्यमिक विद्यालयका थिरोजा गजमेर र कोषाध्यक्षमा नमुना बोर्डिङका जोसिव थापा निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा प्याराडाईज बोर्डिङ्का रियाज राउत, रिदम राउत, लालिगुँरास बोर्डिङ स्कुलका नितु चौधरी, समता स्कुल गाईघाटका सौरभ राई, उदयपुर बोर्डिङका बिनु थापा, सोना शेर्पा, गाईघाट माविका अनिस बराईली, क्यानभास एकेडेमीका भिजन कार्की र किन्जल बस्नेत निर्वाचित भएका छन् । उक्त निर्वाचनका लागि त्रियुगा ११ वडाका बिभिन्न ९ ओटा विद्यालयहरुले सहभागी जनाएका थिए । सबैलाई सहमति हुन आग्रह गर्दा सहमति नभएपछि स्पिचको आधारमा मुल्याङ्कन गरिएको थियो । यता उपाध्यक्षका लागि भने स्पिचबाट समेत नमिलेपछि चिठ्ठा तनाईएको थियो । वडा अध्यक्ष सुमन्त कोईरालाको अध्यक्षतामा वडा स्तरीय वाल संञ्जाल गठन गरिएको हो ।