
पूर्णपुष्टि, वैशाख २१ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ बाट अध्यक्ष पदको लागि उम्मेदवार रहेका राम श्रेष्ठ चौधरीले चुनावी प्रचार–प्रसारलाई व्यापक बनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चौधरी वडावासीको घर–घरमा पुगेर जनताको मन जित्दैँ चुनावी जतिविधिलाई अगाडी बढाएको हो ।
चुनाव आउन मात्र ९ दिन बाँकी रहेकाले चुनावी प्रचार प्रसारलाई चौधरीले तीब्रता दिएका छन् । चौधरीले वडाको नेतृत्व पाएको खण्डमा आफ्नो सेवा सुविधा जनताको निम्ति प्रयोग गर्ने जनाएको छ । वडाबाट प्राप्त हुने सम्पूर्ण सरकारी सेवा सुविधाबाट जनतालाई आवश्यकीय बस्तुहरु उपलब्ध गराउने जनाए । म जनताहरुको काम गर्न र वडाको विकास गर्नका लागि उम्मेदवारी बनेको हुँ, यदी मैले वडाको नेतृत्व पाएमा आफ्नो सेवा सुविधा बापतको रकमले “सहिद स्मृति फाउण्डेसन त्रिनपा २” स्थापना गर्ने छु,” “उनले भने, चौधरीले वडाको सेवा सुविधालाई सदुपयोग गर्दै वडावासीहरुको निम्ति एम्वुलेन्स समेत खरिद गर्ने जनाए ।
उनले आफ्नो उम्मेदवारीको कारण सुख, शान्ती र समृद्ध वडाको विकास, विपद्को व्यवस्थापन, जनताहरुलाई सुरक्षाको अनुभूती भ्रष्टचार अन्त्य जस्ता महत्वपूर्ण काम र योजनाहरुका लागि रहेको जनाए । विषेशगरी वडावासीहरुलाई सँधै सताउने त्रियुगा नदी र लुहाले खोलाको नियन्त्रण गरी जनताहरुको सुरक्षा गर्ने आफ्नो मुख्य एजेण्डा रहेको जनाए । अध्यक्ष उम्मेदवारी चौधरी सँगै खुल्ला वडा सदस्य केशव अधिकारी, जगत बहादुर सार्की र महिला तर्फको सदस्य घमिता लुईटेल सँगै दलित महिला सदस्य कुशुम विक लगायत चुनावी प्रचारमा ब्यापक लागि परेका छन् ।


