
पूर्णपुष्टि, असार २९
नेपालमा आज थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ ।
त्यस्तै आज थप १ हजार ७ सय ५ जना उपचारपछि निको भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।
