
पूर्णपुष्टि, असार २९
दार्चुलाको अपि हिमालको काखमा क्रिकेट खेल मैदान बनाईएको छ । खण्डेश्वरी गाउँपालिकामा रहेको अपि हिमालको काखमा क्रिकेट खेल्नका लागि मैदान बनाइएको हो ।
प्राकृतिक सौदर्यताले भरिपूर्ण दार्चुलाको अपि हिमालको खण्डेश्वरी खात्ती सदिल चौड खेल मैदानमा क्रिकेट खेल्ने गरिएको छ । जहाँ खेलसँगै प्रकृतिको सौन्दर्यको मनमोहक दृश्य पनि नियाल्न पाइन्छ ।
प्राकृतिक सौदर्यताले जहाँ खेलाडीहरुले स्वर्गकै आभास गर्ने गरेका छन् । अझ हिमालको काखमा क्रिकेट खेल्नुको मजा अझ आनन्ददायी हुने स्थानीय खेलाडीहरु बताउँछन् । 
