Sunday, April 26News That Matters

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २१ गते ।

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २ सय ७८ पुगेको हो ।

प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु सल्यानको कुमाख गाउँपालिकाका १९ र २४ वर्षका पुरुष, दैलेखको नौमूले गाउँपालिकाका २५ वर्षीय पुरुष,  नारायण नगरपालिकाका २०, २४, २५, २५ र ३० वर्षका पुरुष तथा दूल्लु नगरपालिकाका १७ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी कालीकोटको महाबै गाउँपालिकाका २२ र २८ वर्षीय पुरुष र ४ महिने बालक, तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिकाका २१, ४२ र २१ वर्षीय पुरुष र सान्नीत्रिवेणी नगरपालिकाकी २० वर्षीया महिला रहेको जनाईएको छ  ।