Friday, May 22News That Matters

थप २८ जना कोरोना संक्रमित उपचारपिछि निको भए

पूर्णपुष्टि, जेठ १४ गते ।

आज थप २८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या १ सय ८३ पुगेको हो ।

अहिलेसम्म उपचारपछि निको हुनेमा १ नं प्रदेशमा ३० जना, २ नं प्रदेशमा ९० जना, बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, ५ नं प्रदेशमा ३८ जना र सूदुरपश्चिम प्रदेशमा ५ जना गरी १ सय ८३ जना उपचारपछि निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ भने अहिलेसम्म संक्रमणबाट ४ जनाको मृत्यु भईसकेको छ