Friday, May 22News That Matters

थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

पूर्णपुष्टि, बैशाख २ गते ।

काडाँघारीको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाको २८ दिनपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरुलाई र्या्पिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमुना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो ।

दुई जनाको रिपोर्ट पोजेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय जनाएको छ । उनीहरु गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका हुन् । कोरोना पोजेटिभ देखिए पछि पीसीआर विधिबाट थप परीक्षण गरिएको हो ।

तीनै जना अहिले पाटन अस्पतालको आइसोलेशन वार्डमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाटन अस्पतालले जनाएको छ । अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरुको आजैदेखि परिक्षण सुरु गरेको मन्त्रालयले जनाएको छ ।