Monday, July 13News That Matters

थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २० गते ।

नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ७० जना पुरूष र १८ जना महिला गरेर २ सय ८८ जना नयाँ संक्रमित थपिएको हो ।

यो सँगै नेपालमा संक्रमित संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, सप्तरी १, बर्दिया ३, बाँके १७, सुर्खेत २७, दैलेख ९, सल्यान १८, अछाम १०, बारा १, दाङ १७, प्युठान १, कन्चनपुर ८, कैलाली १०, धनुषा ६, महोत्तरी २ जनामा संक्रमण भेटिएको छ । त्यस्तै भक्तपुर १, धादिङ १, कपिलवस्तु १६, काठमाडौं ४, नवलपरासी पूर्व १, नवलपरासी पश्चिम १, नुवाकोट २, रुपन्देही १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालको ६१ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलि सकेको छ । आजसम्म २ सय ६६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।