Friday, May 22News That Matters

थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, साउन ३१

नेपालमा आज थप चार सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना  सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा एक सय २४ जना उपचारपछि  निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १७ हजार दुई सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या एक सय दुई पुगेको छ ।