Sunday, June 21News That Matters

दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट, ससुरा पक्राउ

पूर्णपुष्टि, जेष्ठ २८

अझै पनि परम्परागत सोचको अन्य हुन सकेको छैन् । दाइजो नदिएको निहुँमा एक नवदुलहीमाथि कुटपिट भएको छ । महोत्तरीमा दाइजोमा ग्यास चुल्लो र सिलिन्डर लगायत सामाग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
सर्लाही हरिपुर्वा नगरपालिकामा गएको वैशाख १३ गते जोगनारायण साहसँग उनको विवाह भएको थियो । विवाह भएको चार दिनमै दाइजोको निहुँमा उनलाई श्रीमानसहित परिवारका सदस्यले कुटपिट गर्न थालेको थिए ।
विवाह गरेको चार पाँच दिनपछि उनी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् । घर फर्किएपछि आफूमाथि झन् धेरै दुर्व्यवहार भएको दुलहीले बताएकी छिन् ।
कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ । सर्लाहीको जिल्ला अस्पतालमा उपचारपछि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको दुलहीकी माइती पक्षले बताएका छन् ।
माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडका अनुसार कुटपिटमा संग्लन ससुरालाई पक्राउ गरिएको छ । परिवारका अन्य सदस्य फरार रहेका छन्, फारार रहेका सदस्यहरुको खोजी कर्य भइरहेको प्रहरीले जनाएको छ ।
उनको विवाहमा नगद ३ लाख ५० हजार रुपैयाँ, २ तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिईएको थियो । तर यो कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका पीडितले बताएकी छिन् ।