दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना : एकको मृत्यु, ४ घाइते

पूर्णपुष्टि, पुष १६
कञ्चपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।
जिल्लाको बेलौरी नगरपालिका–५ मा रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ३७२६ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ का १९ वर्षीय बिमल रानाको उपचारको क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: