
पूर्णपुष्टि, असार १९ । सिन्धुलीको दुधौली नगरपालिकाका सामुदायिक विद्यालयहरूको एसईई २०८० को नतिजा चिन्ताजनक रहेको छ । २१ सामुदायिक विद्यालयका १,००२ परीक्षार्थीमध्ये केवल ३० जना (२.९९) प्रतिशत मात्र उत्तीर्ण भएका छन् । १० विद्यालयको नतिजा शून्य रहेको छ।
तुलनात्मक रूपमा, नगरपालिकाका ४ संस्थागत विद्यालयका ११५ विद्यार्थीमध्ये ८२ जना उत्तीर्ण भएका छन् । अभिभावकहरूले सामुदायिक विद्यालयमा बढ्दो राजनीतिकरणलाई शैक्षिक गुणस्तर खस्किनुको कारण मानेका छन्। यस नतिजाले स्थानीय शिक्षा प्रणालीमा तत्काल सुधारको आवश्यकता देखाएको छ।
