Wednesday, June 17News That Matters

दुर्गा प्रसाईले सुरुगरे आफ्नो अभियान ज्ञानेन्द्र र पारसलाई सँगै राखेर

पूर्णपुष्टि,फागुन १ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई एकै मञ्चमा राखेर नयाँ अभियानको सुरुवात गरेको छ । सोमबार राजपरिवारको सदस्यहरुको उपस्थितिमा काँकडभिट्टाको मेची पुलबाट प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हो ।

नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य रहेका प्रसाईंले अभियानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले( का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतका नेतालाई निम्ता दिएका थिए।

अभियान मेचीदेखि महाकालीसम्म हुने जनाइएको छ।