दुर्लभ बनस्पती यार्सागुम्बासहित २ जना पक्राउ

पूर्णपुष्टि, असोज २५

सुनसरीको ईटहरी उप–महानगरपालिका–६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बासहित दुई जना पक्राउ परेका छन् । खोटाङ रावावेशी गाउँपालिका–४ का २७ वर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्याम कुमार लिम्बुलाई यार्सागुम्बासहित प्रहरीले पक्राउ गरेको हो ।

दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोबार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह आरआईटी विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ३ केजी दुर्लभ बनस्पती यार्सागुम्बासहित आईतबार पक्राउ गरेको हो ।

यार्सागुम्बासहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: