
पूर्णपुष्टि, १६ असार ।
उदयपुरका ५० जना युवाहरु बैदेशिक रोजगार पठाईदिने बाहानामा ठगिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ मैनाहाका राज किशोर चौधरीले ५० जना उदयपुरका बिभिन्न स्थानका युवाहरुलाई ठगी गरी फरार भएको हो । उनले प्रत्येक व्यक्तिबाट रु १ लाख ७० हजार सम्म रकम असुली गरी बेपत्ता भएको पिडितहरुले जनाएको छ । चौधरीले उदयपुर बाहेक सप्तरीको ५ जना सित पनि पैसा असुलेको छ । चौधरीले त्रियुगाको र चौदण्डीगढीका बिभिन्न वडाका व्यक्तिहरुलाई ठगी गरी फरार भएको छ । त्यस मध्ये धेरै जसो चौधरीहरु ठगिएका छन् ।
उदयपुरका ५० र सप्तरिको ५ जना गरी ५५ जना ठगिएका पिडितहरुको भनाई छ । पैसा असुल गरेर बेपत्ता भएको चौधरीले पिडित व्यक्तिहरुको एकएक करोड ८ लाख बेपत्ता पारेको छ । त्यस मध्ये ५५ जनाको ९३ लाख पैसा अझै ठगेर फरार भएको छ ।

केहि पिडित ब्यक्तिहरुले भने काठमाण्डौँमा पक्रेर चौधरीमाथी आक्रमण गर्न खनिएपछि दुई चार जनाको पैसा फिर्ता गरेको पिडित युवाहरुको भनाई छ । उनिहरुले पैसा दिएपछि चौधरीलाई छाडिदिएको र त्यस पश्चात बेपत्ता अवस्थामा रहेको पिडित प्रेम चौधरीले जनाए ।
ठगिएका मध्ये केहि युवाहरुको भिसा लाग्यो भन्दै काठमाण्डौँ पठाईएको थियो । तर काठमाण्डौँ पुगेर दुवई उड्न खोज्दा गलत भिषा र गलत कागजपत्र दिईएको बुझिएका थिए । नक्कली भिसाका कारण उनिहरुलाई एउरपोट र श्रम स्वीकृतिका लागि प्रक्रिया पुगेन । श्रम गर्न जाँदा पनि पुरा डिटेल नदेखाएपछि उनिहरुले आफुहरु ठगिएको बताए । त्यस पश्चात सोधी खोजी गर्न खोज्दा ती राज किशोर चौधरी फरार अवस्थामा रहेको छ । ठगिएका युवाहरुले पक्राउ गरी पैसा फिर्ता गर्न सहयोगको लागि माग गरिरहेका छन् । उनिहरुले त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन र जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएको छ । ठगिएका मध्ये केहि युवाहरु भने मिडिया गुहार्दै फेसा फिर्ता गर्न सहयोग मागिरेका छन् । सैकडा ५ सम्मको ऋण बेपत्ता पारिदिएको भन्दै उनिहरुले सम्बन्धीत निकाय र मिडियाहरु सँग गुहार मागिरहेको छ ।
यस्तो छ ठगिएका व्यक्तिहरुको नाम लिस्ट ।



