Saturday, April 25News That Matters

कोशी प्रदेशमा कानुन बिना नियमावली निर्माण

पूर्णपुष्टि, असार १७ । कोशी प्रदेश सरकारले कानुन बिना नै नियमावली बनाएको खुलासा भएको छ। पूर्वाञ्चल विश्वविद्यालय कानून संकायको अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो।

प्रदेशका ६० ऐन र २४ नियमावलीको समीक्षामा कानून निर्माण प्रक्रियामा गम्भीर त्रुटिहरू फेला परेका छन्। अध्ययन टोलीले विभिन्न क्षेत्रमा तत्काल नयाँ कानून बनाउन सिफारिस गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनशक्ति र अनुभवको कमीले गल्ती भएको स्वीकारेका छन्। उनले प्रदेश संरचना प्रति पूर्वाग्रह र प्रदेश समन्वय परिषदको अवरोधले काम गर्न कठिनाइ भएको बताए। यो अध्ययनले प्रदेशको कानून निर्माण प्रक्रियालाई सुधार गर्न मद्दत पुग्ने आशा गरिएको छ।