
पूर्णपुष्टि, असार १७ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (RIT) ले लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तेह्रथुम लालिगुराँस नगरपालिका(९ घर भई हाल मोरङको सुन्दरहरैचा नगरपालिका–४ मा बस्दै आएका ४२ वर्षीय अमृत बहादुर भुजेल रहेका छन्। उनी सुनसरी जिल्ला अदालतबाट गत माघ २६ गते जारी भएको पक्राउ अनुमतिपछि फरार रहेका थिए।
प्रहरीले भुजेलको साथबाट ३२ ग्राम ७४ मिलिग्राम ब्राउन सुगर, नगद ६७ हजार ६०० रुपैयाँ र एक थान स्कुटर बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका भुजेलमाथि थप अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको छ।
