Wednesday, April 22News That Matters

देशैभरका वालवालिकाहरुलाई आज बाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाँईदै

पूर्णपुष्टि, बैशाख ६
आज बाट वालवालिकाहरुलाई दोस्रो चरणको भिटामिन (ए) खुवाँईदैछ । देशैभरी रहेका ७७ ओटै जिल्लाका वालावालिकाहरुलाई उक्त भिटामिन खुवाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने माहाशाखाले जनाएको छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।

देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन अन्तर्गत उक्त भिटामिन र जुकाको औषधी खुवाउन लागिएको हो । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने मन्त्रालयको योजना छ ।

भिटामिन ‘ए’ खुवाउनको लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।