दोस्रो प्रादेशिक महोत्सवलाई साझा महोत्सवको रुपमा सफल पार्ने संघसंस्थाहरुको प्रतिवद्धता

पूर्णपुष्टि, २६ पौष
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले यहि माघ १ देखी १० गते सम्म आयोजना गर्न लागेको दोस्रो प्रादेशिक महोत्सवलाई सबै क्षेत्रले सघाउने जनाएको छ । बुधबार संघको भवनमा बसेको संघ संस्था र आयोजक कमिटीबीचको छलफलमा महोत्सवलाई साझा महोत्सवको रुपमा सफल पार्ने प्रतिवद्धता दिएको हो ।

उदयपुरमा रहेका सरकारी तथा गैरसरकारी संघ संस्था, प्रशासन, सुरक्षा निकाय लगायतका निकायहरुले महोत्सवलाई भव्य रुपमा सफल बनाउन भुमिका खेल्ने प्रतिवद्धता गरेको अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार त्रियुगा नगरपालिका र जिल्ला समन्वय समितिबाट फाल्गुण १ गते देखि फाल्गुण १० गते सम्म महोत्सव लगाउने अनुमती र सहयोग पाएको त्रियुगाले जिल्लाका विभिन्न संघ संस्था, व्यापार व्यवसायी तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको जनाए । व्यापार व्यवसायको संवर्द्धन र प्रवर्द्धन गर्दै व्यापारीहरुको हकहितमा महोत्सव आयोजना गरिने संघले जनाएको छ ।

सिडियोलाई भव्य स्वागत

संघले भर्खरै उदयपुर आएका सिडियो हरि प्रसाद घिमिरेलाई भव्य स्वागत पनि गरेको छ । कार्यालय र सुरक्षा प्रमुखहरुलाई स्वागत र बिदाई गर्ने संघको नियमित प्रक्रिया अनुसार बुधबार कार्यालयमा स्वागत गरेको हो । स्वागत सँगै महोत्सवको बिषयमा पनि सकरात्मक छलफल भएको छ । संघले संञ्चालन गर्न लागेको उदेश्यमुलक महोत्वसवलाई सहयोग पुराउने र मर्यादित बनाउन मदत गर्ने समेत घिमिरेले प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0