दोस्रो मेयर कपको उपाधी वडा न. ७ लाई

राजेन्द्र दुष्ट
बेल्टार/मंसिर २४ गते ।

चौदण्डिगढी दोस्रो मेयर रनिङ शिल्ड कपको उपाधी वडा न. ७ ले चुमेको छ । गत सालको प्रथम मेयर रनिङ शिल्ड कपको उपाधी पनि वडा न. ७ ले नै चुमेको हो ।

चौनपा–१० हडियाको फुलबारी खेल मैदानमा गत मंसिर १५ देखि दोस्रो मेयर कप सुरु भएको थियो । फाईनल खेलमा हडियालाई (पेनाल्टि सुट आउट)मा ३–२ गोलको अन्तरले ७ नं. वडाले उपात्री चुमेको आयोजकले जनाएको छ ।

निर्धारित समयसम्म दुवै टिमबाट २÷२ गोल भई खेल बरावरीमा टुङ्गीएपछि खेल पेनाल्टिमा परिणत भएकोे थियो । खेलमा प्रथम विजेता र उप विजेतालाई नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौधरीले नगद ५० र २५ हजार रुपैया सहित ट्रफि र प्रमाण पत्रले पुरस्कृत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: