Friday, May 15News That Matters

धनुषामा गोली चल्दा एक युवक घाइते

पूर्णपुष्टि, फागुन २२ ।
धनुषामा गोली लागेर एक जना युवक घाइते भएको छ । जनकपुरधमम उप–महानगरपालिका–१९ मा शनिबार गोली चल्दा एक १८ वर्षीय मुकेश मुखिया घाइते भएको हो ।
जिल्लाको कमला नगरपालिका– ८ घर भएका मुकेश शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।