
पूर्णपुष्टि, असार ४ । सुनसरीको धरान उपमहानगरपालिकाले पनि बलिउड फिल्म ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाएको छ । धरानका मेयर हर्क साम्पाङले ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले धरानमा आदिपुरुष मात्रै प्रदर्शन नहुने बताएका हुन् ।
प्रदर्शन अघि नै विवादमा तानिएको आदिपुरुष झन विवादित बन्दै गएको छ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन शाहले उक्त फिल्ममा सिता भारतको छोरी भन्ने शब्द हाटाउन अल्टिमेटम दिएको थियो । आईतबार अल्टिमेटको अवधि सकिँदासम्म संवाद नहाटपछि मेयर शाहले सोमबार देखी महानगरभित्रका हलमा भारतीय फिल्ममा रोक लागएको छ । यस्तै पोखरा महानगरपालिकाले पनि हिन्दी चलचित्रमा रोक लागेको छ ।
