Monday, May 11News That Matters

बलात्कार मुद्धामा बयान फेरेको भन्दै किशोरीलाई कैद सजाय सुनाईएको फैसला उच्च अदालतले उल्टायो

पूर्णपुष्टि, असार ४ । बलात्कार मुद्धामा बयान फेरेको भन्दै एक किशोरीलाई जिल्ला अदालत अछामले साढे ३ बर्ष कैद सजाय सुनाईएको फैसला उच्च अदालत दिपायलले उल्टाएको छ ।

अछाम कमलबजारकी १९ वर्षीया एक किशोरीले १० फागुन २०७८ मा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएको आधारमा जिल्ला अदालतमा मुद्धा चलेको थियो । अदालतमा किशोरीले बयान फेरेकी थिईन । उनले आफूमाथि बलात्कार नभएको भन्दै बयान दिएकी थिईन् । जिल्ला न्यायाधीश नवीनकुमार जोशीले बयान फेरेको भन्दै ती किशोरीलाई कैद सजाय सुनाएको थियो । विवादास्पद फैसलापछि उनी सर्वोच्चमा तानिएका थिए ।

त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतका न्यायाधीशहरु देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले पीडितमाथिको सजाय उल्ट्याएको हो । उच्च अदालतले आरोपितले सफाइ पाउने जिल्ला अदालतको फैसलालाई सदर गरेपछि पीडित किशोरीलाई सजाय गर्ने जिल्ला अदालतको राय उल्ट्याएको हो ।